कृष्ण अन्जान, गुल्मी । बिहानै देखि रुरु १ च्यूरेककाे थाेर्गा च्यूरेक प्राथमिक विद्यालयमा पढ्ने स–साना बालबालिकाहरु गाई गुइँ हल्ला गर्दै थिए । आज सबै स्कुल जानू पर्छ नयाँ झोला पाइन्छ रे ।
विद्यालय नगएका बालबालिका पनि छिटै स्कुल हिँडेको देखिन्यो ।
विद्यालयले विद्यार्थीका अभिभावकहरुलाइ समेत बोलाएको थियो ।अपरान्हको १२ वज्दा नवज्दै विद्यालयमा अभिभावक समेत जम्मा भइसकेका थिए ।
केही बेरमा एक हुल मान्छेहरु आए र कार्यक्रम शुरु भयो ।विद्यालयमा आएका नयाँ मान्छेहरुले राता र निला राम्रा झोला समेत ल्याएका थिए ।
विद्यालयमा आएका ती मान्छेहरुले झोला खोले त्यसभित्र रहेका कापि ज्यामिति बक्स, कलर बक्स, कापीकलम रुमाल मास्क लगाएतका सामान झिकेर देखाए अनि फेरि विद्यार्थी र अभिभावकहरुलाइ झोलामा सामाग्री राख्न सिकाए । सबै विद्यार्थीहरुलाई पालैसंग एकएक वटा झोला दिए ।
रुरुक्षेत्र गाउँ पालिका १ झ्वाँलेमा रहेकाे थाेर्गा च्यूरेक प्राथमिक विध्यालय प्राँगणकाे असार २२ गते बुधबारकाे नजारा हाे याे । र करिब एकघण्टा पछि च्यूरेककै कालिगण्डकी प्राथमिक विध्यालयमा पनि याे श्रृङखला चल्याे ।
ग्वाँदीका समाजसेवी मंगलबहादुर रेगामीको पहलमा चाइना फाउण्डेशन ,अलिबाबा सँस्था र हिमानीकाेषकाे सहयोगमा एकै दिन रुरु क्षेत्र १ च्यूरेकका २ वटा र रुरु १ सातमुरे काे एउटा विद्यालयमा याे शैक्षिक सामाग्री बितरण गरेर शैक्षिक विकासमा योगदानको हात बढाएको छ ।
हामीले विद्यार्थीहरुमा शैक्षिक जागरण सँगै विद्यालय जाने वानीको विकास होस भनेर यो अभियान थालेको समाजसेवी मंगल रेगामीले बताए।
झोला र शैक्षिक सामाग्री पाएपछि वालवालिका उत्साहित भएको र उनिहरु विध्यालयमा निरन्तर आउने आशा गरिएको थाेर्गा च्यूरेक प्राथमिक विध्यालयका प्राधान ध्यापक नवदिप गाहा मगरकाे प्रतिक्रिया छ ।
विध्यार्थीहरुलाई विद्यालय जान उत्साहित बनाएकाे मात्र छैन अभिभावकलाई समेत आफ्ना छाेराछारी विध्यालय पठाउन उत्प्रेरित गरेकाे छ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडासदस्य घनस्याम ज्ञवालीले भने ।
चीन सरकारको तर्फबाट उपहार लेखिएका राता र निला एकैनाशका झोला बोकेर आफ्ना छोराछोरी घर फर्किँदा अभिभावक पनि छोरा छोरी सँग रमाएको देखियो ।
चीन सरकारको सहयोगमा यसरी बाँडिएक शैक्षिक सामाग्रीका कारण विद्यार्थीहरुलाइ विद्यालय जानू पर्ने कुरामा उत्प्रेरित गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology