Logo

२०८३, आश्विन ११गते


images
images

यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति, किन गरेनन् भाग्ने प्रयास?

यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति, किन गरेनन् भाग्ने प्रयास?

images
  • यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति, किन गरेनन् भाग्ने प्रयास?
    images
    images

    एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। पश्चिमी जापानको नारा सहरमा शुक्रबार शिन्जो आबेमाथि यो घातक हमला भएको हो। 

    images
    images
    images

    गोली लागेपछि पूर्व प्रधानमन्त्री रगत बगेर ढलेका थिए। आक्रमण हुँदा शिन्जो आबेले एउटा सानो सार्वजनिक सभालाई सम्बोधन गरिरहेका थिए। 
    सो घटनामा गोली हान्ने व्यक्तिको बारेमा अहिले प्रहरीले जानकारी दिएको छ। आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।

    images
    images
    images

    आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए। आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए। 

    images
    images
    images

    शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढले। त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन्। 

    आक्रमणकारी गोली हानेपछि पनि भाग्ने प्रयास गरेनन्।  गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे। त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए। 

    आक्रमणकारी करिब ४० वर्षका छन्। उनले किन यस्तो गरे भन्ने अहिलेसम्म खुलेको छैन। हाल प्रहरीले आक्रमणकारीलाई किन यस्तो गरेको हो भन्ने बारे सोधपुछ गरिरहेको छ। यससँगै घटनाको सबै कोणबाट अनुसन्धान थालिएको छ।

    जापानी सञ्चारमाध्यमका अनुसार आबे हाल बेहोस छन्। एनएचके रिपोर्टका अनुसार उनलाई एम्बुलेन्समा ल्याउँदा भने उनी होसमा नै थिए।

    आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ। सिन्जो आबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ। 

    आबेले २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीमा उनी अझै धेरै प्रभावशाली छन्। आबे आइतबार संसदको माथिल्लो सदनका लागि हुने चुनाव प्रचार गर्दै थिए। उनी सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए। उनी सन् २००६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए तर एक वर्षभित्रै राजीनामा दिनुपरेको थियो। उनले सन् २०२० मा पनि अस्वस्थताका कारण प्रधानमन्त्री पद त्यागेका थिए।

    सन् २००७ मा पनि अल्सरेटिभ कोलाइटिसका कारण उनले अचानक राजीनामा दिएका थिए । यो ठूलो आन्द्रामा लाग्ने गम्भीर रोग हो। उनी यस बिरामीबाट किशोरावस्थादेखि नै जुझ्दै आएका छन्। यस रोगमा ठुलो आन्द्राको भित्री भाग सुन्निने र पोल्ने हुन्छ। यसले पाचन प्रणालीलाई नराम्रोसँग असर गर्छ र सही समयमा उपचार नगरे खतराको कारण पनि बन्न सक्छ। कोलोरेक्टल क्यान्सर हुने सम्भावना हुन्छ ।

    सन् १९३२ मा पनि जापानी प्रधानमन्त्री इनुकाई सुयोशीको गोली हानी हत्या भएको थियो। एक जना नौसेना अधिकारीले उनको हत्या गरेका थिए। जापानमा बन्दुक राख्ने सम्बन्धमा कडा कानुन छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिन्जो आबे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।