Logo

२०८३, आश्विन ९गते


images
images

'स्वर्गवासी' आमालाई छोराको पत्र : 'पुनर्जन्म हुन्छ भने हजारौं जुनी हजुरकै छाेराे हुन पाउँ'

'स्वर्गवासी' आमालाई छोराको पत्र : 'पुनर्जन्म हुन्छ भने हजारौं जुनी हजुरकै छाेराे हुन पाउँ'

images
  • सेतोमसी सहकर्मी
  • 'स्वर्गवासी' आमालाई छोराको पत्र : 'पुनर्जन्म हुन्छ भने हजारौं जुनी हजुरकै छाेराे हुन पाउँ'
    images
    images

    आमा फेरि आज मन भारि भएकाे छ  । काेठाका भित्तामा टाँगिएका तपाईंको फाेटाे हेर्छु, मन भक्कानिन्छ आमा । हजुरले छाडेकाे एक वर्ष पूरा भएकाे छ र याे एकवर्ष मैले मातृत्व विहिन भएर बिताएका दिनहरु कसरी बिते मलाई मात्र थाहा छ ।

    images
    images
    images

    'मान्छेहरुले भन्छन यसरी मन दुखाउनु हुँदैन, दैवलाई टारेर टर्दैन । एक न एक दिन त सबैलाई जानु नै छ हाे ।' मलाई पनि याे कुरा थाहा छ तर भनाई मात्र आदर्श हाे मन बुझाउन कहाँ सकिन्छ र ? 

    images
    images
    images

    आमा तपाईं बिनाका यी पलहरु हजुरकाे तस्बिर नहेरि न मैले एक गाँस निल्न सकेँ न एक घुटकि पानी पिएँ । भाेकले छटपटिएर खान्कि पकाएपछि हजुरकाे सम्झनाले भाेक मर्छ तर तस्बिरमा हजुरलाई देखि सकेपछि एक गाँस त्यहि तस्बिरका अगाडि बसेर निलेकाे छु । 

    images
    images
    images

    म एक्लै हजुरले पसिना बगाएकाे माटाेमा बसिरहँदा धेरैले भनेका छन, किन एक्लै बस्छौ । तर आमा हजुरले भनेकाे शव्दले मलाई याे घर याे माटाे छाड्न मन लागेन । तपाईंले जहिले पनि भन्नुहुन्थ्यो, 'बाबू आफ्नो गाउँ आफ्नो माटाे दाजुभाइ छाडेर जानु भन्दा एकैछाक खाएर पनि गाउँमै रमाउनु पर्छ ।कहाँ गएर के हुन्छ र ?' हाे आमा अवसरका खाेजिमा वर्षौँ शहर तिर बरालिएर गाउँ फर्कँदा मलाई आत्मग्लानी छ किनकि न मेराे शहरमा घर छ न शहरमा बसाई । तरपनि म गाउँ फर्कँदा मलाई हौसला दिने र गाउँमै बस्न प्रेरणा दिने मातृभूमि प्रति अगाध माया राख्ने हजुर नै हुनुहुन्थ्यो ।

    गाउँ फर्केपछि केही मान्छेहरुले पछाडि कुरा काट्दै थिए किन गाउँमा आएर बस्छ ? याे अघि उनै मान्छेहरुले भन्थे रे किन घर आउँदैन ? केही मान्छेले त शहरमा केही गर्न नसकेपछि गाउँ फर्केकाे छ भनेकाे पनि सुनेँ तर हजुरले सधै भन्नुभाे 'कसैले केही भन्दैमा पिर नमान आफ्नो घर सम्झेर गाउँ फर्केका छौ' भन्नेले भनिरहन्छन ।

    हुनपनि गाउँसमाजमा कुरा काट्ने परम्परा पहिले देखिकै हाे र याे एउटा सामाजिक सँस्कारकाे रुपमा मैले ग्रहण गरेँ  हजुरले भनेझैँ मैले कसैलाई केही पनि भनिन ।

    हजुरले सधै भन्नुभाे 'कम बाेल्नु धेरै सुन्नु' हाे, आमा हजुरकाे यहिबानी मैले आफ्नो जीवनमा आदर्श बनाएकाे छु । मलाई धेरै सुन्ने बानी परेकाे छ, र त म आवस्यक काम बाहेक धेरै बाे्ल्ने गरेकाे छैन ।

    गाउँ फर्केपछि मैले उहीँ पुरानै पेशा पत्रकारिता गर्न थालेपछि मैले लेखेकाे समाचार हजुरलाई सुनाउँथे । साँझ रेडियाेले मेराे नाम लिएर समाचार बजाउँदा हजुरले ध्यान दिएर सुन्नुहुन्थ्याे । कहिलेकाहीका समाचार अलि कडा लेख्दा यस्तो नलेख्ने हाे कि कसैले केही गर्छन् कि भन्नुहुन्थ्यो । मैले हजुरकै सल्लाहमा कतिपटक समाचार सच्याएर पठाएकाे पनि छु ।

    पछिला करिब पच्चिस महिना हजुरसँग बस्दा मैले हजुरकाे मातृत्वलाई बुझ्ने मौका पाएँ । आमा याे छाेरालाई अधुराे मातृत्व दिएर हजुरले सँसार छाड्नु भएकाे छ तर याे अभागी छाेराे हजुरकाे सम्झनामा भावविह्वल छ । मातृत्वकाे एउटा अतृप्ताले मलाई रुवाउँछ किनकि म नितान्त एक्लाे भएकाे छु ।

    कहिलेकाही सामान्य सन्चो नभए पनि आत्तिदै दशपटक साेध्ने आमा यतिबेला ज्वराेले निष्लाेट हुँदा पनि एकमुठि पानी साेध्ने काेहि छैन । भाेक लाग्दा जहाँबाट भएपनि खान्कि जुटाईदिने आमा म कतिरात भाेकै सुत्दा खाईस कि खाईनस भनेर साेध्ने काेहि छैन ।

    कहिँ कतै गएर आउन ढिला भए पचासौं पटक फाेन गरेर कहाँ छौ कतिबेला आउँछौ भनेर साेध्ने मेरी आमा आजभोलि यसरी चिन्ता गर्ने काेहि छैन ।

    मलाई थाहा छ, आमा हजुरले म र बैनिका लागि ठुलाे त्याग गर्नु भएकाे छ । कति पीडा व्यथा सहनु भएकाे छ । तर हजुलाई जीवनका पछिल्ला चरणहरुमा सेवा गर्ने ईच्छा दैवलाई मन परेन र हामीबाट खाेस्याे ।

    मैले सधै साेँच्छु आमा, यदि पुनर्जन्म भयाे भने हजारौं जुनी हजुरकै छाेराे हुन पाउँ र यदि  पुनर्जन्म हुँदैन भने हजुर भएकै ठाउँमा बस्न पाउँ ।

    आज हजुरकाे वार्षिक पुण्यतिथि, आँसु आँखाभरि छन । उही घर सबै उहि  तर आफन्तले घर भरिँदा पनि मेराे मन हजुर बिना रित्तो छ ।

    आमा मेरा लागि हजुर बाहेक काेहि थिएन र अब झन काेहि छैन । हजुरकाे वियोगले म रित्तो छु । आमा ! याे शव्द वाहेक म सँग केही छैन । आजकाे याे दिनमा आँसुसँगै हजुरप्रती शव्द श्रद्धाञ्जली अर्पण गर्दछु ।
                  
    - कृष्ण अन्जान ज्ञवाली
    रुरुक्षेत्र १, स्यालपाेखरी 
     गुल्मी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।