देवदह । देवदह नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । शनिबार बसेको नगरसभाको दोस्रो बैठकले नीति-कार्यक्रम र आर्थिक बर्ष २०७९/८० का लागि १ अर्ब ६ करोड ९८ लाख ५० हजार बराबरको बजेट पारित गरेको हो ।
त्यसैगरी नगरसभाले देवदह प्रज्ञा प्रतिष्ठान ऎन २०७८ संशोधन गर्दै उक्त ऎनमा उल्लेखित कुलपति शब्दको सट्टा अध्यक्ष र उपकुलपति शब्दको सट्टा उपाध्यक्ष हुने व्यवस्था गरेको छ । साथै देवदह नगरपालिकाको जलस्रोत उपयोग सम्बन्धि विधेयक २०७९ समेत नगरसभाले पास गरेको छ ।
हेर्नुहोस् कुन शिर्षकमा कति रकम विनियोजन गरिएको छ ?



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology