देवदह । देवदह-७ स्थित कोटियामाई मन्दिरमा महायज्ञ हुने भएको छ । मन्दिरको पुनर्निर्माण गर्ने उद्देश्यले श्रीमद्देवीभागवत घनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना गरिने जनाइएको छ ।
मन्दिर व्यवस्थापन समितिको मंगलबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मंसिर २८ देखिपुस ७ गतेसम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष कोषबहादुर गुरुङले बताए । महायज्ञबाट प्राप्त सहयोगमार्फत मन्दिरलाई प्रस्तावित स्वरूपमा पुनर्निर्माण गर्ने योजना रहेको उनको भनाई छ ।
बैठकले वेदराज न्यौपाने र जंगबहादुर थारूलाई मनोनयन गरी १५ सदस्यीय मन्दिर व्यवस्थापनलाई पूर्णता दिएको र नौ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको जनाइएको छ ।
सल्लाहकारमा गणेश डुम्रे, टीकाराम पौडेल, बमबहादुर गुरुङ, श्यामकुमार अर्याल, नवीन न्यौपाने, डिलकुमारी भट्टराई, भगवती चौधरी, कानुनी सल्लाहकार डासीराम पाण्डे र चन्द्रयणी पाण्डे रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology