काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ११ सयले घटेर २ लाख ८८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८९ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२० रुपैयाँले घटेर ४०३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२५५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology