Logo

२०८३, आश्विन ९गते


images
images

ट्वीटर किन्ने निर्णयबाट किन पछि हटे इलोन मस्क ? के कारबाही हुन्छ उनीमाथि ?

ट्वीटर किन्ने निर्णयबाट किन पछि हटे इलोन मस्क ? के कारबाही हुन्छ उनीमाथि ?

images
  • ट्वीटर किन्ने निर्णयबाट किन पछि हटे इलोन मस्क ? के कारबाही हुन्छ उनीमाथि ?
    images
    images

    काठमाडौं । इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हटेका छन्  । उनले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गरेका थिए । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उनको तर्क छ । 

    images
    images
    images

    यता ट्विटरले भने सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको जनाएको छ ।

    images
    images
    images

    ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा नै दायर गर्ने बताउएका हुन् । 

    सम्झौताको उल्लङ्घन गरेबापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने खबरमा उल्लेख छ ।

    प्रारम्भिक खरिद सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो । विश्वका सबैभन्दा धनी मस्क रकेट कम्पनी स्पेस एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुनुहुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्वीटर
  • # इलोन मस्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।