Logo

२०८३, कार्तिक १गते


images
images

१५ लाखको हुथी ड्रोन रोक्न साउदी अरबको ३० करोड खर्च

१५ लाखको हुथी ड्रोन रोक्न साउदी अरबको ३० करोड खर्च

images
  • १५ लाखको हुथी ड्रोन रोक्न साउदी अरबको ३० करोड खर्च
    images
    images

    काठमाडौँ । यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्तो ड्रोन रोक्न साउदी अरबले महँगो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गर्नुपर्दा सुरक्षा खर्च बढ्दै गएको छ । करिब १५ लाख रुपैयाँ पर्ने एउटा ड्रोन नष्ट गर्न झन्डै ३० करोड रुपैयाँ पर्ने प्रतिरोधी क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने अवस्था रहेको विवरणमा उल्लेख छ ।

    images
    images
    images

    साउदी अरबले आधुनिक लडाकु विमान, क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीमा अर्बौँ डलर खर्च गर्दै आएको छ । तर हुथी विद्रोहीले कम उचाइमा उड्ने सस्ता ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दा तिनलाई राडारबाट समयमै पत्ता लगाउन र आकाशमै नष्ट गर्न कठिन भइरहेको छ । यसले आर्थिक क्षतिसँगै महँगा प्रतिरोधी क्षेप्यास्त्रको मौज्दातमा समेत दबाब बढाएको छ ।

    images
    images
    images

    युक्रेन र मध्यपूर्वमा जारी युद्धका कारण प्रतिरोधी क्षेप्यास्त्रको विश्वव्यापी माग बढेकाले साउदी अरबलाई लामो समयसम्म यस्तै रणनीतिबाट आक्रमण रोक्न थप कठिन हुन सक्ने आकलन गरिएको छ । हुथी विद्रोहीले आफ्नै हतियार उत्पादन गर्ने क्षमता पनि बढाउँदै लगेका छन् । यमन साउदी अरबको दक्षिणपश्चिममा पर्ने भएकाले त्यस दिशाबाट हुने आक्रमण रोक्ने सुरक्षा व्यवस्थामा पनि कमजोरी रहेको विश्लेषण गरिएको छ ।

    images
    images
    images

    साउदी अरबले सन् २०१५ मा हुथी विद्रोहीविरुद्ध यमनमा सैन्य अभियान सुरु गरेको थियो । केही सातामै विद्रोहीलाई कमजोर बनाउने अपेक्षा गरिए पनि युद्ध लम्बियो। हुथीले यमनको ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम राख्नुका साथै साउदी अरबमाथि पनि पटकपटक आक्रमण गरे । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युद्धविराम भए पनि द्वन्द्वको स्थायी समाधान हुन सकेको छैन ।

    साउदी अरबको चुनौती हतियारमा मात्र सीमित छैन । सेनाबीचको समन्वय, छिटो निर्णय गर्ने क्षमता र आधुनिक उपकरण सञ्चालन गर्ने तालिम पनि महत्त्वपूर्ण छन्। यमनभित्र हुथीविरोधी समूहहरू विभाजित रहेकाले उनीहरूलाई एकजुट बनाएर विद्रोहीको प्रभाव घटाउन पनि कठिन भइरहेको छ ।

    हुथी विद्रोही इरानका प्रभावशाली सहयोगी समूह मानिन्छन्। उनीहरूले साउदी अरब र अमेरिकाको सैन्य तथा आर्थिक लागत बढाउन सक्दा इरानलाई क्षेत्रीय दबाब सिर्जना गर्ने अवसर मिल्छ । यसले यमनमा केवल हवाई आक्रमण र महँगा हतियारको भरमा विजय हासिल गर्न कठिन हुने देखाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हुथी विद्रोही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।