Logo

२०८३, कार्तिक २७गते


images
images

'रित्तियो गाउँ, बसाइँसराइ रोक्ने नीति ल्याउ'

'रित्तियो गाउँ, बसाइँसराइ रोक्ने नीति ल्याउ'

images
  • सेतोमसी सहकर्मी
  • 'रित्तियो गाउँ, बसाइँसराइ रोक्ने नीति ल्याउ'
    images

    कृष्ण अन्जान, गुल्मी । समयले यसरी काेल्टे फेरेकाे छ कि पहाड तिरका गाउँघरमा मान्छे बस्न छाडेका छन । गाउँतिर जाँदा विरक्त लाग्छ । भत्केका घर, लेउ लागेका आँगन, झार उम्रेका गाेठ, झम्म डाला घाँसले ढाकेका वारि यहि हाे गाउँकाे वर्तमान । गाउँ त धेरैले बिर्से, कताकतिले गाउँ कुरेका छन । हरेक छ महिनामा एक दुई परिवारले त गाउँ छाड्ने क्रम चलेकै छ ।भट्कुवा दहिचामलेका कृष्ण प्रसाद ज्ञवालीले भने ।

    भट्कुवा गाउँ कुनै जमानामा भैँसिपालनका लागि गनिएकाे ठाउँ थियाे । हरेक घरमा लैना, बकेर्ना र ब्याउने गरि दुईचारवटा भैँसि नबाँधेका घरै हुँदैनथे । जुन घरमा पाहुना लाग्न गएपनि दूध दहि महि र घिउ मज्जाले खान पाईन्थ्याे ।

    त्यतिबेला पानीको दु:ख थियाे, पँधेराबाट एक खेप पानी ल्याउँदा बिहान बित्थ्याे तै पनि यहाँका बासिन्दाहरुले बस्तुभाउ पालेकै थिए । गाउँ छाडेका थिएनन । तर यतिबेला एकघर एकधाराकाे व्यवस्था छ । आँगन आँगनमा माेटरबाटाे पुगेका छन तर गाउँ करिब रित्तै छ ।

    साविक रुरुक्षेत्र गाउँ विकास समिति काे वडा न ७, ८ र ९ रहेकाे भट्कुवा संघिय संरचना पछि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ बनेकाे छ । रिडीबाट जिपमा आधाघण्टाकाे यात्रा तय गरि पुग्न सकिने याे गाउँमा पहिले करिब एकघण्टाकाे ठाडाे उकाले काटेर पुग्नु पर्थ्याे ।

    तिनसय पचास भन्दा बढि घरधुरी रहेकाे याे गाउँमा पछिल्ला दिनहरुमा बसाईसराई अत्यधिक भएपछि स्वात्तै घटेर गाउँ नछाडेका तर गाउँ छाड्न खुट्टाे उचालेका मुस्किलले डेढसय परिवारहरु छन र यसमा पनि धेरै घर गाउँकै माया लागेर बुढा बा आमाले कुरेकाे भेटिन्छ ।

    'गाउँकाे सम्झना त आउँछ तर अवसरकाे खाेजिमा शहर झरेपछि फर्किहाल्न मान्छेले चाहँदैन रैछ' भट्कुवाबाट बटौली बसाई सरेका रुरुपथका डाेलराज पौडेलले भने । जनप्रतिनिधि र नेताहरूप्रती इंगित गर्दै उनी भन्छन्, 'रित्तियो गाउँ, बसाइँसराइ रोक्ने नीति ल्याउ ।'

    हुनपनि भट्कुवा गाउँका सत्तरी प्रतिशत भन्दा बढि बुटवलकाे  बेलवास, शकरनगर, जानकीनगर, क्षेत्रमा बसाईसराई गरेर बसाेबास गरिरहेका भेटिन्छन ।

    भट्कुवाकाे बाक्लाे बस्ति नेटे, टाकुरा, शालिपाेखरी, सापकोटा टाेल, कटहररुख, तिलाहर लगाएतका टाेलहरु करिब रित्तिएका छन । बटौलि तिर नझरेकाहरु स्थानीय बजार रिडी, एक्लेपिपल, कुजु तिरका सजिला ठाउँहरुमा झरेका छन ।

    "छाेराछाेरीले त अब कति गाउँमा बस्नुहुन्छ । बटौलि तिर झरम बाबा भन्छन । तर खै किन हाे गाउँ छाडेर जानै मन लाग्दैन" रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का पुर्व वडा सदस्य फर्सुराम ज्ञवालीले भने ।

    'बाटाे विद्यालय पानी स्वास्थ चौकि बिजुली सबै सुविधा गाउँमै छ तर खै किन मान्छे शहरतिर ओईरिन्छ' भट्कुवाका युवराज ज्ञवालीले भने।

    "गाउँमा आउँदा साँच्चै आनन्द छ, हावापानी बसाई, यहाँबाट देखिने प्राकृतिक मनाेरमताले गाउँ छाडेर जान मन लाग्दैन" स्थानीय डाँडि पाेखरीकाे भ्यु पाेईन्टबाट रिडी तर्फ देखिने मनाेरम दृश्य हेर्दै भट्कुवाकि लक्ष्मी ज्ञवालीले भनिन्।

    भर्खर स्थानीय तहकाे निर्वाचन सकिएकाे छ, गाउँमा बस्नेभन्दा बाहिरबाट आएर भाेट हाल्नेहरुकाे मतले जनप्रतिनिधिहरुले जितेका छन । तर पलायन भएकाे जनशक्तिलाई गाउँमा राेक्ने उपाय कुनै नेता र जनप्रतिनिधिसंग भएको देखिदैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।