Logo

२०८३, कार्तिक ९गते


images
images

सुदूरपश्चिम रोयल्सले भित्र्यायो वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन

सुदूरपश्चिम रोयल्सले भित्र्यायो वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन

images
  • सुदूरपश्चिम रोयल्सले भित्र्यायो वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

    images
    images
    images

    सुदूरपश्चिमले एलेनलाई अनुबन्ध गरेको घोषणा गरेको छ । सुदूरपश्चिमले यसअघि वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफान रुथरर्फोर्डलाई भित्र्याएको घोषणा गरको थिय ।

    images
    images
    images

    एलेन बायाँ हाते ब्याटिङ र बायाँ हाते स्पिन बलिङ गर्ने खेलाडी हुन् । उनी आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने क्षमता र उपयोगी बलिङका लागि परिचित छन्। उनले ब्याटिङ र बलिङ दुवैबाट टोलीलाई योगदान दिन सक्छन् ।

    images
    images
    images

    ३१ वर्षीय एलेनले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिगसहित विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि अनुभव बटुलेका छन्। क्यारेबियन प्रिमियर लिगमा उनले ८१ खेल खेल्दै १ हजार १२ रन बनाएका छन् र ६४ छक्का प्रहार गरेका छन्। 

    एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अलराउन्डर फाबियन एलेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।