Logo

२०८३, कार्तिक १३गते


images
images

एनपीएल

काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित

काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित

images
  • काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित
    images
    images

    काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौँलाई ८ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १७.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाएका थिए भने सैफ हसनले अविजित ४० रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो ।

    images
    images
    images

    काठमाडौँका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए । त्यस्तै समित महर्जनले १० रन बनाएका थिए । त्यसैगरी जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

    पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा सहज जित हासिल गर्दै प्रतियोगितामा कमब्याक गरेको छ भने काठमाडौँले हारबाट प्रतियोगितामा शुरुवात गरेको छ ।

    एनपीएल अन्तर्गत आजै कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ गोर्खाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।