Logo

२०८३, कार्तिक १७गते


images
images

पहिलो ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

पहिलो ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

images
  • पहिलो ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक भएको तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार सम्पन्न भएको छ । 

    images
    images
    images

    युनेस्कोको सिर्जनशील चलचित्र सहर सञ्जालमा आबद्ध भएपछि काठमाडौंमा पहिलोपटक आयोजना गरिएको महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, कला, संस्कृति र सम्पदालाई एउटै मञ्चमा जोडेको छ । 

    images
    images
    images

    कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवमा १४ देशका ३८ चलचित्र प्रदर्शन गरिएको थियो। राष्ट्रिय सभा गृह र जय नेपाल चलचित्र भवनमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवमा चलचित्र प्रदर्शनसँगै छलफल, कार्यशाला, चलचित्रकर्मीबीच अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

    images
    images
    images

    महोत्सवको उद्घाटन वसन्तपुरमा सम्पदा यात्रासहित गरिएको थियो । परम्परागत बाजागाजा, गणेश चर्या, अष्टमातृका नृत्य तथा सांस्कृतिक प्रस्तुतिले उद्घाटन समारोहलाई आकर्षक बनाएका थिए। दोस्रो दिन आयोजित विशेष रातो कार्पेट समारोहमा भारतीय अभिनेत्री शबाना आजमी, नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकराज गिरी, केकी अधिकारीलगायत चलचित्रकर्मी सहभागी भएका थिए । शबाना आजमी र अभिनेत्री स्वस्तिमा खड्काबीच चलचित्र र जीवनसम्बन्धी अन्तरक्रियासमेत भएको थियो । 

    महोत्सवअन्तर्गत आयोजित ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको लघु चलचित्र प्रतियोगितामा जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ पहिलो भएको छ । करिब पाँच मिनेटको उक्त चलचित्रले परम्परागत विश्वास र रहस्यलाई विषय बनाएको छ । प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झिँगु छेँ’ तेस्रो भएका छन् । 

    महोत्सवमा नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ का पुनःस्थापित संस्करणसहित विभिन्न देशका चलचित्र प्रदर्शन गरिएको थियो । महानगरका अनुसार महोत्सवको उद्देश्य काठमाडौंको कला, संस्कृति, भाषा र सम्पदालाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै नेपाली चलचित्र क्षेत्रको विकास र नयाँ प्रतिभालाई प्रोत्साहन गर्नु रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।