Logo

२०८३, आश्विन ११गते


images
images

सिंहदरबारमा प्रचण्ड र बाबुरामको भेट, माधब-झलनाथसंग पनि छलफल हुने

सिंहदरबारमा प्रचण्ड र बाबुरामको भेट, माधब-झलनाथसंग पनि छलफल हुने

images
  • सिंहदरबारमा प्रचण्ड र बाबुरामको भेट, माधब-झलनाथसंग पनि छलफल हुने
    images
    images

    काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भइरहेको छ । 

    images
    images
    images

    सिंहदरबारमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई जना नेताबीच दिउँसाे १ बजदेखि छलफल भइरहेको हो । छलफल एमालेबाहेकको वाम गठबन्धन बनाउने विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    जनता समाजवादी पार्टीबाट निष्कासनमा परेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहनुभएका भट्टराईले माओवादी केन्द्रमै आफू प्रवेश नगर्ने बरु कांग्रेस र एमालेविनाको समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् । यस्तै माओवादी र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि वैकल्पिक वाम गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन् । 

    images
    images
    images

    प्रचण्ड र बाबुरामबीच छलफल भएपछि आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुने तयारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।