Logo

२०८३, आश्विन ९गते


images
images

श्वेत-गङ्गा हाइड्रोद्वारा आइपिओ बिक्री खुला

श्वेत-गङ्गा हाइड्रोद्वारा आइपिओ बिक्री खुला

images
  • श्वेत-गङ्गा हाइड्रोद्वारा आइपिओ बिक्री खुला
    images
    images

    काठमाडौं । श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।

    images
    images
    images

    कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

    images
    images
    images

    सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।             सर्वसाधारणलाई बिक्री खुला गरिएको सेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ।

    images
    images
    images

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन् ।

    कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुंगाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी (बीबी) आइएस’ ग्रेडिङ प्रदान गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।