Logo

२०८३, आश्विन १२गते


images
images

नेपालको पासपोर्ट विश्वमै कमजोर, सबैभन्दा बलियो जापान र अन्तिममा अफगानिस्तान कायमै

नेपालको पासपोर्ट विश्वमै कमजोर, सबैभन्दा बलियो जापान र अन्तिममा अफगानिस्तान कायमै

images
  • नेपालको पासपोर्ट विश्वमै कमजोर, सबैभन्दा बलियो जापान र अन्तिममा अफगानिस्तान कायमै
    images
    images

    काठमाण्डाै । नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको 'पासपोर्ट इन्डेक्स' नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो । 

    images
    images
    images

    अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो । 

    images
    images
    images

    विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ । 

    images
    images
    images

    दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ । 

    दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औँ स्थानमा) छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।