Logo

२०८३, मंसिर ३गते


images
images

रकम अपचलन र ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

रकम अपचलन र ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

images
  • रकम अपचलन र ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
    images

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचिवसहित ६ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।  

    images
    images
    images

    सीआईबीका अनुसार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अछाम घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, सर्लाही घर भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी., मन्त्रालयको तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङ रहेकी छन् ।  

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । 

    images
    images

    नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (MoU) विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ ।  आफ्नो पदीय जिम्मेवारी र कर्तव्य विपरीत संगठित समूहको लाभका लागि मौन रही कानुनी उपचार नगरी र नगराई अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गरेको आरोप छ । 

    पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।