Logo

२०८३, मंसिर ४गते


images
images

नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

images
  • नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
    images

    काठमाडौँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राजदूत निश्चलनाथ पाण्डेबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपाली राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् ।

    images
    images
    images

    नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । 

    images
    images
    images

    डा. पाण्डेलाई नेपाल सरकारले गत भदौ २ गते भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका पाण्डेलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार गत कात्तिक ३० गते भारतका लागि आवासीय राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका थिए। 

    images
    images

    पाण्डे दक्षिण एसियाली मामिला तथा परराष्ट्र नीतिका जानकार हुन् । उनी यसअघि दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशकका रूपमा कार्यरत थिए । उनले सन् १९९८ देखि २००६ सम्म परराष्ट्र मामिला अध्ययन संस्थानको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजदुत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।