देवदह । लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले वनबाटै समृद्धि सम्भव भएको बताएका छन् । बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता समिति राष्ट्रिय महासंघको प्रथम साधारण सभा तथा अधिबेशनलाई देवदहमा सम्बोधन गर्दै मन्त्री हमालले उक्त कुरा बताएका हुन् ।
नेपालको संविधानले वनलाई एकल सूचीमा राखेको कारण संघिय सरकारले बनाएको कानुन र प्रदेशमा बनेको वन सम्बन्धि कानुन बाझिएकोले काम गर्न असहज भएको मन्त्री हमालले बताए । बैज्ञानिक वन व्यवस्थापनका लागि प्रदेश सरकार र वन मन्त्रालय सकारात्मक रहेको समेत मन्त्री हमलाको भनाई रहेको थियो । वनलाई कसरि व्यवस्थापन गर्न सकिन्छ, यी विषयमा सबैसंग सहकार्य गरेर जान आफु तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष रेनु सेनले अध्यक्षको प्रतिवेदन, मधु 'विलास'अधिकारीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका नारायण देव भट्टराई, प्रजातान्त्रिक प्राविधिक वनका केन्द्रिय अध्यक्ष दामोदर शर्मा, देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत बोधराज सुवेदी, लुम्बिनिं प्रदेश बन निर्देशनालय भैरहवाका प्रमुख जीवन पंगेनी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको तदर्थ समितिका अध्यक्ष रेनु सेनका अनुसार ७५ जिल्लामा समिति बनाएको र सबै जिल्लाबाट प्रतिनिधि उपस्थित भएको बताउंदै सबै प्रतिनिधिको सुझाब सहमति र सहकार्य बाट नयाँ कार्य समिति चयन हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology