Logo

२०८३, आश्विन ११गते


images
images

३ किशोरीद्वारा एउटै रुखमा झुन्डिएर सामुहिक आत्महत्या 

३ किशोरीद्वारा एउटै रुखमा झुन्डिएर सामुहिक आत्महत्या 

images
  • ३ किशोरीद्वारा एउटै रुखमा झुन्डिएर सामुहिक आत्महत्या 
    images
    images

    झापा । जिल्लाको कचनकवल गाउँपालिकास्थित एक रुखमा ३ जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । कचनकवल वडा नं ५ पाठामारी बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको झिङ खोलाको किनारमा रहेको एउटै बयरको रुखमा तीन किशोरी सामूहिक झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

    images
    images
    images

    प्रारम्भिक अनुसन्धानबाट उनीहरुले आत्महत्या गरेको देखिएको प्रहरीकाे भनाइ छ ।

    images
    images
    images

    जिप्रकाका डीएसपी वसन्त पाठकका अनुसार यसरी मृत फेला परेका किशोरीहरुमा कचनकवल– ५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।उनीहरु चिया बगानमा काम गर्ने मजदूर रहेको खुलेको छ ।

    images
    images
    images

    आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।अघिल्लो दिन दिउँसोदेखि हराएका तीनैजना भोलिपल्ट विहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

    उनीहरू मध्ये दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान लगाइएको छ । तर कारण खुल्न सकेको छैन ।

    उक्त दृश्य स्थानीयले देखेपछि आजै बिहान प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै प्रहरी घटनास्थल पुगेर मृतक किशोरीहरुको शव तथा घटना प्रकृति मुचुल्का उठाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कचनकवल गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।