कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाकाे धार्मिक साँस्कृतिक र ऐतिहासिक महत्त्वलाई झल्काउने गरि रुरु संस्कृत एवं साधारण माध्यमिक विद्यालयले सन्चालन गरेकाे गुरुकुलिय पद्धतिकाे दिगाेपना दिन रिडीमा आयाेजित कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन ।
संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा आयाेजित गुरुकुलका बटुकहरुलाई खाद्दान्न सामाग्री प्रदान कार्यक्रममा बाेल्दै रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले रुरुक्षेत्रकाे ऐतीहासिक गौरव सँस्कृत माध्यमिक विद्यालय र सँस्कृत शिक्षाकाे विकासमा विध्यालयले शुरु गरेकाे गुरुकुल पद्धतिलाई दिगाे रुपमा सन्चालन गर्न हरेक तहबाट सहयाेग गरिने प्रतिबद्धता व्यक्त गर्दै सहयाेग गर्न सँघ सँस्था र व्यक्तिलाई समेत आह्वान गरे ।
गुरुकुलकाे अवस्थाबारे जानकारी दिँदै विद्यालयका प्रधानध्यापक माधव प्रसाद ज्ञवालीले करिब तीन वर्ष अघि शुरु गरिएकाे गुरुकुलमा सत्तरी भन्दा विध्यार्थीले सँस्कृत अध्ययन गर्ने र त्यसमा पनि ३० विद्यार्थी आवासीय रुपमा रहेपनि विध्यार्थीहरुलाई भौतिक सुविधा प्रयाप्त नभएकाे बताएका थिए ।
"केही संघसंस्था र व्यक्तिले खाद्यान्न लगायतका सामाग्रीहरुकाे सहयाेगले चलेकाे छ । विद्यार्थीहरुलाई सुत्ने खाट छैनन । भान्सेकाे व्यवस्था छैन । विद्यार्थीहरुले आफै पकाउने भाँडा माझ्ने काम गर्नुपर्ने हुनाले अध्ययन कार्यमा कठिनाई परेकाे छ" प्रधानाध्यापक ज्ञवाली भने ।
कार्यक्रममा बाेल्दै खाद्यान्न सहयाेगका सहजकर्ता प्रेम भण्डारीले गुरुकुललाई जीवन्त राख्न सबैले आफ्नो तर्फबाट सहयाेग जारी राख्न आग्रह गरे ।
ऋषिकेश टाेल मार्ईती भई बुटवल बेलबास घर भएकी हाल ईजरायलमा बैदेशिक राेजगारीमा रहेकी शारदा सापकोटाले आफ्नो स्वर्गीय पति पारस पाण्डे, स्वर्गीय बाबा हरिनारायण सापकोटा र माता कुन्ता देवि सापकाेटाकाे स्मृतिमा गुरुकुलका बटुकहरुलाई खाद्यान्न प्रदान गरिएको हो ।
सो क्रममा एक क्विन्टल चामल, पाँचलिटर खाने तेल, चालिस केजि आलु र पाँचपाेका सर्फ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले गुरुकुललाई हस्तान्तरण गरे ।
प्रेम भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षाविद, व्यवस्थापन समितिकासदस्य, सन्चारकर्मी, गुरुकुलका बटुकहरुकाे सहभागिता रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology