Logo

२०८३, आश्विन ९गते


images
images

एसइईमा रुपन्देही जिल्ला मै उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डको दाबी

एसइईमा रुपन्देही जिल्ला मै उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डको दाबी

images
  • एसइईमा रुपन्देही जिल्ला मै उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डको दाबी
    images
    images

    बुटवल । रुपन्देहीको बुटवलमा रहेको अक्फोर्ड ईङ्ग्लिस स्कुलले एसइई २०७८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । एसइई २०७८ को परिक्षामा कम विद्यार्थी संख्या संलग्न गराएको अक्सफोर्डले बुटवल क्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गरेको हो । 

    images
    images
    images

    यस बर्षको एसइईमा जिल्लाभरमा ५ जनाले ४ जिपिए ल्याएकोमा त्यसमा अक्सफोर्डका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । होराईजन माबिका २ र कालिका माविका १ जनाले जिल्लामै ४ जिपिए ल्याएका हुन । उक्त बिद्यालयबाट सहभागी विद्यार्थीको तुलनामा अक्सफोर्डबाट आधा संख्यामा मात्र बिद्यार्थी सहभागी भएको अक्सफोर्डका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

    images
    images
    images

    यसबर्षको एसइईमा अक्सफोर्डबाट सहभागी भएका १ सय ११ जना विद्यार्थी  मध्य २ जनाले ४ जिपिए, ९ जनाले ३.६ देखि ३.९ जिपिए, ५१ जनाले  ३.२ देखि ३.५५ जिपिए र  ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपिए ल्याएको विद्यालयको भनाइ छ । 

    images
    images
    images

    अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए ४ ल्याएको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।