Logo

२०८३, आश्विन ११गते


images
images

कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने

कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने

images
  • कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने
    फाइल फोटो
    images
    images

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् ।

    images
    images
    images

    बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू-भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।

    images
    images
    images

    उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे ।

    उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ । अधिकांश बन्दी गृहहरु, कारागारहरु शहरबजारको मध्यभागमा नै छन् । मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ । जेलको क्षेत्रफल पनि ठूलो होस् ।’

    विधेयकको सम्बन्धमा छलफलका क्रममा बोल्दै सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताए । उनले सुत्केरीहरुलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताए।

    युवाहरुलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कारागारका भौतिक संरचनाहरु राम्रा छैनन् । पानी चुहिने अवस्था छ । बन्दीहरुलाई क्षमताभन्दा बढी राख्ने गरिएको छ । कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसावले छुट गर्ने व्यवस्था गरिएको छ । खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनुहुँदैन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।