सुरेश यादव, नवलपरासी । शैक्षिक सुधार कार्यक्रमबाट बनेको विद्यालयको ४ कोठे भवनको एक कार्यक्रम विच उद्घाटन गरिएको छ । पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ स्थित मदरसा मदिन तुउलुम मा.विमा निर्माण गरिएको भवन प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले उद्धाटन गरेका हुन् ।
भवनको उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले मदरसा मदिन तुउलुम मा.वि धर्मिक र सामुदायिक गाउँपालिका नभइ जिल्लामा एक उदाहरणनिय धार्मिक तथा सामुदायिक विद्यालयको रुपमा रहेको बताएका थिए ।
जिल्लाभरिमा एक मात्र धार्मिक र सामुदायिक मा.वि विद्यालय रहेको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक अमिर आजमले १ देखि १२ सम्म अध्ययन अध्यापन हुने उक्त विद्यालयमा छात्रवास पनि रहेको बताएका थिए ।
सो अवसरमा विद्यालयमा प्रथम, दित्तिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
प्रतापपुर गा .पा वडा नं ६ स्थित मदरसा मदिन तुउलुम मा.वि. को प्राङगणमा आयोजना गरिएको कार्यक्रम मदरसा मदिन तुउलुम मा .वि का संचालक समिती का अध्यक्ष श्री साकिर अन्सारी अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव को प्रमुख अतिथ्यतामा सम्म्पन भएकोे हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology