कृष्ण अन्जान, गुल्मी । पवित्र धार्मिकस्थल रुरुधामकाे धार्मिक पर्यटनकाे विकासका लागि सँरचनाहरुकाे निर्माण र पुनर्निर्माण भई रहँदा धार्मिक अनुष्ठानहरुपनि बेलाबेलामा आयाेजना भईरहेका छन ।
रुरुधामकाे प्रचारप्रसार र यहाँको धार्मिक पर्यटन प्रबर्द्धनमा सहयाेग पुर्याउन यस अघि पनि अनेक यज्ञ महायज्ञहरु भएका छन र पछिल्लो २०७९ भाद्र १३ गते देखि २१ गते सम्म ऐतिहासिक रुरुक्षेत्रधाम और्व ऋषि श्रापमाेचन पितृ ज्ञान महायज्ञ, राम महायज्ञसंगै भागवत महापुराण महायज्ञ आयाेजना गर्न लागिएको छ ।
पाल्पा, स्याङ्जा र गुल्मीकाे त्रिवेणी र अनेकौँ ऋषिमुनिहरुकाे तपस्या स्थलमा हुने महायज्ञकाे आयाेजक सनातन धर्म अनुष्ठान नेपाल रुरुक्षेत्रधाम रहेकाे छ ।
मुख्यरुपमा सनातन हिन्दू धर्मकाे प्रचारप्रसारसंगै हिन्दुत्वप्रतिकाे जागरणलाई विशेष महत्त्वकाे रुपमा राख्दै याे महायज्ञ आयाेजना गर्न लागिएकाे राम कथा वाचक याेगि शँभुनाथले बताए ।
सनातन धर्मलाई बचाउँनु र हिन्दुएकता कायम गर्नु हाम्रो लक्ष हाे, आयाेजक मध्येका वालगुरु व्यास बिष्णु प्रसाद पाण्डेले बताए ।
विश्वशान्तिका लागि यज्ञसँगै भुकम्प, अन्य प्राकृतिक विपत्ति, जनयुद्ध तथा देशका अन्य आन्दोलनका सहिद परिवारसंगै काेराेनाबाट ज्यान गुमाएका प्रति पवित्र धाममा ज्ञान महायज्ञ मार्फत तर्पण दिँदै पितृहरुप्रति सम्मान व्यक्त गर्ने महायज्ञकाे उद्देश्य रहेकाे आयाेजक संस्थाले जनाएकाे छ ।
महायज्ञमा नेपालका पुर्व राजा ज्ञानेन्द्र शाह र भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई समेत उपस्थित गराउने तयारी भईरहेकाे जनाईएकाे छ ।
हामी याेगी आदित्य नाथ र ज्ञानेन्द्र शाहकाे सचिवालयसँग निरन्तर सम्पर्क छौँ र हामीले आउने आश्वासन पाएका छौँ वाल गुरु विष्णुप्रसाद पाण्डेले बताए ।
महायज्ञमा सँकलन भएकाे आर्थिकबाट नदिमा व्यवस्थित घाट निर्माण, कालिगण्डकीकाे स्वच्छता राख्ने प्रयास, रुरुधाममा वेदअध्ययनका लागि अत्याधुनिक धर्मशाला सहितकाे आश्रम र नाथपन्थकाे विराट आश्रम बनाईने वाल गुरु पाण्डेले बताए । हाम्राे लक्ष रुरुधामकाे वहुआयामिक धार्मिक विकास हाे, आफुपनि यहि क्षेत्र अर्गलीकाे वासिन्दा भएकाेले यसक्षेत्रकाे अध्यात्मिक र धार्मिक विकास आफ्नो अभिष्ट हाे उनले भने ।
धार्मिक महायज्ञमा भारतकाे उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्य नाथ र पुर्व ज्ञानेन्द्र शाहकाे आगमनले विशेष महत्त्व राख्छ र रुरुक्षेत्रकाे धार्मिक पर्यटनमा नया आयाम थपिने रुरुक्षेत्र रिडीका अजित श्रेष्ठले बताए ।
महायज्ञलाई प्रभावकारी रुपमा कसरी सन्चालन गर्ने र व्यवस्थापन कसरी मिलाउने भन्ने विषयमा नजिकैका गाउँपालिका र तानसेन नगरपालिकाका जनप्रतिनिधि सँगै स्थानीय समुदायसँग छलफल शुरु गरिएकाे तानसेन नगरपालिका वडा न १४ अर्गलिका पदम बहादुर थापाकाे भनाई छ ।
महायज्ञकाे व्यवस्थापनका लागि प्रारम्भिक चरणकाे तयारीमा आयाेजकहरुले आन्तरिक र वाह्य तयारी गरिरहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology