Logo

२०८३, कार्तिक २७गते


images
images

रिडी सत्यवति डिभिजन वन कार्यालयकाे भवन उद्घाटन 

रिडी सत्यवति डिभिजन वन कार्यालयकाे भवन उद्घाटन 

images
  • सेतोमसी सहकर्मी
  • रिडी सत्यवति डिभिजन वन कार्यालयकाे भवन उद्घाटन 
    images

    कृष्ण अन्जान, रुरुक्षेत्र । वनक्षेत्रकाे संरक्षण र विकासमा स्थानीय उपभोक्ता र वन कार्यालयकाे सहकार्यकाे आवस्यक भएकाे बुधबार रिडीमा आयाेजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिएका छन । रिडी सत्यवति सव डिभिजन कार्यालय भवनकाे उदघाटन कार्यक्रमम बाेल्दै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले वनक्षेत्र बाट उपभोक्ताले  पाउने सेवालाई विकेन्द्रीकृत गर्ने गरि स्थापित सव डिभिजन कार्यलयकाे स्थायी सँरचना निर्माणले याे क्षेत्रकाे विकासमा थप टेवा पुगेकाे बताए ।

    images
    images
    images

    कार्यक्रममा बाेल्दै सचिव कार्कीले वनक्षेत्रका कर्मचारी अनुशासित बन्नु पर्ने बताउँदै कसैले नियम विपरीतकाे कार्य गर्छ भने त्यसकाे जानकारी मन्त्रालय वा विभागमा दिनाेस हामी ठाउँकाे ठाउँ कार्वाही गर्छौँ उनले भने ।

    images
    images
    images

    स्थानीय उपभोक्ताहरुकाे माग बमोजिम वनकाे नर्सरीका लागि आवस्यक सिँचाइ व्यवस्थापन गर्न बिरुवा कुलाे निर्माण र स्थानीय देवदत्त पार्क सँरक्षणमा आफ्नो तर्फबाट याथासिघ्र पहल थाल्ने लुम्बिनी प्रदेश  वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले बताए ।

    images
    images

    रुरुक्षेत्रकाे रातामाटामा निर्माण सम्पन्न भएकाे सव डिभिजन वन कार्यालय भवनकाे उदघाटन कार्यक्रममा बाेल्दै डिभिजन सहकारी कार्यालय गुल्मीका प्रमुख प्रभास सापकोटाले वन कार्यालयले रुरुक्षेत्र सँग रेसुँगाकाे पर्यटन सर्किटलाई  समेत जाेड्ने गरि वन कार्यालयले वन पर्यटनको विकासमा लागेकाे वताए ।

    उदघाटन कार्यक्रममा आफ्ना धारणा राख्दै नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका ईन्चार्ज समेत एमाले गुल्मी जिल्ला कमिटि सचिवालय सदस्य हिमाल श्रेष्ठले वन सँरक्षणले बाताबरण पनि सँरक्षण रहने धारणा राख्दै वन विनासमा लागेका हरुलाई वन कार्यालयले निरुत्साहित गर्नु पर्ने र वन सँरक्षण कर्मीलाई पुरस्कृत गर्नु पर्ने बताए ।

    डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभास सापकोटाकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा  डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवाली, नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य राजेन्द्र राणा, रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विक, झ्वाँले पाखाे सामुदायिक वनका अध्यक्ष उमानाथ पाण्डे लगाएतले आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा भवन निर्माण कार्यमा याेगदान दिने स्थानीय व्यक्ति तथा छाेटाे अवधिमा भवन निर्माण सम्पन्न गरेकाेमा तिलिस्मि कन्ट्रक्सनका सन्चालक द्दय सुन्दर भण्डारी र विष्णु नेपाललाई सम्मान गरिएकाे थियाे ।

    रिडी सत्यवति डिभिजन वन कार्यालय रिडीका प्रमुख दयाराम पौडेलले स्वागत र, डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले कार्यक्रमकाे सन्चालन गरेकि थिईन ।

    विश्व रेन्जर दिवसकाे अवसर पारेर राखिएको चारदिने कार्यक्रमा नवनिर्मित कार्यालय वरिपरि वृक्षारोपण गर्दै कार्यक्रम समापन गरिएकाे थियाे ।

    २०७९ साल वैशाख १२ गते शिलान्यास गरिएकाे रिडी सत्यवति सव डिभिजन वन कार्यालयकाे एउटा हल सहितकाे तिनकाेठे पक्कि भवन तीन महिनामै असार २४ गते  निर्माण सम्पन्न गरिएकाे छ ।

     तिलिस्मि निर्माण सेवा कम्पनीले चालिस लाखकाे लागतमा  आफ्नो पहिलो कन्ट्रक्सनकाे काम गरेकाे कम्पनीले बताएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।