Logo

२०८३, कार्तिक २७गते


images
images

एउटै बाेटमा जुम्ल्याहा केराका घरी

एउटै बाेटमा जुम्ल्याहा केराका घरी

images
  • सेतोमसी सहकर्मी
  • एउटै बाेटमा जुम्ल्याहा केराका घरी
    images

    कृष्ण अन्जान, गुल्मी । प्रकृतिले खेल्ने खेल पनि अनौठाे छ । उहि माटाे हाे उँखुमा गुलियाे पन छ, खुर्सानीमा पिराे छ, करेलाेमा तिताे पन छ । प्रकृतिले चाह्याे भने अनेक रंग देखाउँछ ।

    रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेक मडियारका प्रेम काफ्लेकाे घरमा रहेकाे एउटा बाेट केराले यस्तै प्राकृतिक जलेशा देखाएकाे छ । उनकाे बारीमा रहेकाे केराेकाे बाेटले एउटै गुवाेबाट दुईवटा ठुला ठुला घरि हालेकाे छ र याे  जलेशा याे क्षेत्रमै चर्चाकाे विषय बनेकाे छ । received_3185086791709221.jpeg

    एउटा केराकाे बाेटमा एउटा घरी केरा  त देखिएकाे थियाे तर दुईवटा घरी लागेकाे त पहिलो पटक देखियाे रुरुक्षेत्र १ च्यूरेकका घनस्याम ज्ञवालीले भने ।

    बाख्राले चारपाँच वटा पाउने, मान्छेले जुम्ल्याहा जन्माउने र यहाँसम्म कि भैँसिले पनि जुम्ल्याहा त पाएका थिए तर यहि प्रकृतिभित्र केराले पनि जुम्लयाहा घरी हालेकाे पहिलोपटक देखिएकाे छ ।
    गाउँघरे ठुला काेशे जातकाे याे केराका बाेटका दुईवटै घरीमा दर्जनौं केराका काेसाहरु रहेका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुम्ल्याहा केराका घरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।