Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा नियमित रक्तदान, ६० युनिट रगत संकलन

बुटवलमा नियमित रक्तदान, ६० युनिट रगत संकलन

images
  • बुटवलमा नियमित रक्तदान, ६० युनिट रगत संकलन
    images
    images

    बुटवल । नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान सम्पन्न गरेको छ। वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दिले स्थापन गरेको सस्था निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएको नेपाल को पहिलो रक्तदान गराउने संस्था हो। 

    images
    images
    images

    सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा देहावसान भयो। नेपाल नियमित रक्तदाता संघ ले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्ने गर्छ। वर्तमान समयमा बुटवलमा डेङ्गु रोगका कारण रगत अभाव भएको हुदा रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको सस्था महासचीव महेश खनालले वताए। मानवीय उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको हो।

    images
    images
    images

    नेपाल नियमित रक्तदाता संघ लका अध्यक्ष दया बहादुर सिलवाल को अध्यक्षता, सिदार्थ बाल तथा महिला हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद बस्यालको प्रमुख आथित्यता, बुटवल छाला तथा यौन रोग क्लिनिकका डा. श्यामराज उपाध्ययकोविशिष्ट आतिथ्यता, नेपाल नियमित रक्तदाताका सल्लाहकार सुरेन्द्र कुमार शाक्य ज्युको आतिथ्यता, सल्लाहकार लेखनाथ न्यौपाने, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारि कोषाध्यक्ष दिपक अधिकारि, राजेस गैरे, मन्जु गिरि, भाष्कर शाही, बिष्णु भण्डारी राजु रसाइली असेस सिलवालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images

    टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता, रक्तदान जीवन दान,जति धेरै रगत त्यति धेरै जीवन भने मुल मन्त्रलाई लिएर अगाडि बढेको र रक्तदान जस्तो पवित्र कार्यमा लाग्न बोल्ने वक्ताले बताए। स्वर्गीय बन्दिको अनुयायी भएको हरपल यस्ता कार्यक्रम प्रत्येक तीन तीन महिना रगत दान गर्न युवाहरूलाई आग्रह गर्दै अगाडि जानू पर्ने कुरा प्रमुख अतिथि डा राजेन्द्र प्रसाद बस्यालले बताउनु भयो।साथै नेपाल नियमित रक्तदाता संघ लाई सिद्धार्थ बाल तथा महिला अस्पतालको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत र नेपाल नियमित रक्तदाताका महासचीव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई कोषाध्यक्ष दिपक अधिकारीले संयोजन गरेका थिए ।

    संस्थाको नियमित कार्यक्रम अन्तर गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको अध्यक्ष दया बहादूर सिलवालले बताए । बुटवल छाला तथा यौन रोग क्लिनिकले नेपाल नियमित रक्तदाता संघका आजीवन सदस्यहरुलाई टिकटमा ५०% छुट दिने प्रतिबद्धता डा. श्यामराज उपाध्यायले व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।