विनोद खनाल, बुटवल । एमसिसि, एसपिपि, चर्को महंगी र पक्राउ पुर्जीका बिरुद्ध चार दलीय संयुक्त मोर्चाले शनिबार बुटवलमा बिरोध प्रदर्शन गरेको छ।
बिरोधसभामा बोल्दै नेकपा (विप्लव) का केन्द्रीय सदस्य सरद वलीले नेकपाको देश र जनताका पक्षमा गरिएको संघर्षबाट अत्तालिएर गठबन्धन सरकारले नेकपा नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताए । पक्राउ पुर्जी जारी गरेर सरकारले तिनबुँदे सम्झौताको उन्लङ्घन गरेको उनको भनाइ छ ।
उनले भने, "हामी द्वन्द्व चाहन्नौं, राज्यले जबरजस्ति गर्छ भने मुलुक द्वन्द्वमा गए त्यसको जिम्मेबार शासकहरुनै हुनेछन्।"
एमसिसि, एसपिपि आदि माध्यमबाट अमिरेकी 'साम्राज्यबाद' हाम्रो आगनमै आईपुगेको बताउँदै उनले सम्राज्यबादसंगै त्यसका नेपाली 'दलालहरु'लाई संगसंगै नेपाली जनताले लखेट्नुको बिकल्प नरहेको बताए ।
बिरोध सभामा नेकपा माओबादी केन्द्र समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले नेकपासंग गरेको तिनबुँधे सम्झौता बिपरित पक्राउ पुर्जि जारी गरेर सरकारले आफ्नो नैतिकता उदाङ्गो पारेको बताए। जनतन्त्र जनजिविका एवं राष्ट्रीय स्वाधीनताका पक्षमा चारदलीय मोर्चाले निरन्तर संघर्ष गरिरहने बताउँदै नेता उपाध्यायले बिस्तारबादका दलालहरुसंग समेत निर्मम संघर्ष गरेर जानुको बिकल्प नभएकोमाबजोड दिए ।
बुटवलको हस्पिटललाईनबाट सुरुभएको जुलुस बजार परिक्रमा गर्दै अमरपथमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभाको संचालन गर्दै नेकपाका नेता बिरेन्द्र बिकले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology