भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, भैरहवा बहुमुखी क्याम्पसको नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौथो एकाई सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा संगठनका निवर्तमान अध्यक्ष इन्द्रबहादुर विश्वकर्माले संगठनिक गतिविधिको प्रतिवेदन पेश गरेका थिए भने सोही समितिका कोषाध्यक्ष पुष्कर अधिकारीले संगठनको आयव्यय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्मेलनले धनिश्वर तिमिल्सिनाको अध्यक्षतामा एघार सदस्यीय क्याम्पस एकाई संगठन पुनर्गठन पनि सम्पन्न गरेको छ । जसको उपाध्यक्षमा क्रमशः केशव शर्म बेल्वासे र शैलेन्द्र त्रिपाठी रहेका छन् भने सचिव र कोषाध्यक्षमा क्रमशः ऋषिकेश ज्ञवाली र पुष्कर अधिकारी छन् ।
सदस्यहरुमा मकबुल अहमद, लक्ष्मी नेपाल, कमल गिरी, सुनिल शाह, बालाराम अधिकारी र प्रियंका जयसवाल रहेको संगठनले जनाएको छ ।
नवनिर्वाचित सम्पूर्णलाई कार्यक्रमका प्रमुख अथिति नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक निर्मल जिसिले अविर लगाइदिएर सम्मान गरेका थिए ।
निर्वाचन प्रयोजनका लागि प्रा.डा. सच्चितानन्द पाठकको नेत्रित्वमा तीन सदस्यीय समिति गठन गरिएको थियोे । जसको सदस्यहरुमा क्याम्पस प्रमुख अनिल झा र पूर्व संगठन अध्यक्ष गणेश पाण्डे रहेका थिए ।
निवर्तमान अध्यक्ष इन्द्रबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन ऋषिकेश ज्ञवालीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology