कृष्ण अन्जान, बुटवल । बुटवल लेडि जेसिजकाे जेसिज सप्ताह एक कार्यक्रमका विच शुभारम्भ भएकाे छ ।
मानवियताकाे क्षेत्रमा कृयाशिल बुटवल लेडि जेसिजले अध्यात्म चिन्तनलाई आत्मसात गर्दै वास्तुज्ञानलाई आफ्नो उदघाटन सँग जाेडेकाे हाे ।
मानवको जिउने शैलिलाई सहज बनाउन वास्तु ज्ञानको महत्व बारे ज्याेतिष पण्डित समेत रहेका शास्त्रविद जनार्दन न्यौपानेले सहज शैलिमा आफ्नो प्रस्तुति राखेका थिए ।वास्तु शास्त्र र वास्तु ज्ञान मावन जीवनमा विशेष महत्व राख्ने बताउँदै उनले सँरचना निर्माण र दैनिक कार्य सम्पादनमा वास्तुशास्त्रलाई पछ्याउने हाे भने समस्याहरुबाट मुक्ति मिल्ने धारणा राखे । बुटवल लेडी जेसीजले आईतबारदेखि सुरु गरेको जेसीज सप्ताहको शुभारम्भ कार्यक्रमको अवसर पारि आयोजना गरिएको वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा ज्योतिष पण्डित जनार्दन न्यौपानेले वास्तुलाई ध्यान दिएरै घर लगायतका भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले मानिसको जीवनसँग प्रत्यक्ष घर (निवास) जोडिएकाले घर निर्माणका लागि वास्तु ज्ञानलाई विशेष ध्यान दिन आग्रह गरे। बुटवल लेडि जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणि उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, बुटवल जेसिज अध्यक्ष चन्द्रमणि भुसाल, जेसीआई काउन्सिलर सुमन कृष्ण श्रेष्ठ, लेडि जेसीजका पुर्ब अध्यक्ष सिनेटर राधिका पोखरेल, बुटवल जेसीजका पुर्ब अध्यक्ष राजिव गौतम, जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रबिन पोखरेल,जेसिज सप्ताहका मुल संयोजक प्रभा गौतमलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिएका थिए । थियो । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरेर आउने शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सहित मुल समारोहबाबीच सकिने लेडी जेसिजका महासचिव संगीता ढकालले जानकारी दिइन ।
जेसिज अभियानकाे सपना साकार बनाउन बुटवल लेडि जेसिजले गरेकाे कामकाे नेपाल जेसिजका केन्द्रीय लिडर हरुले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
जेसिज सप्ताहकाे दाेस्राे दिन साेमबार बिहान सात बजेदेखि याेगीकुटि स्थित मणिमुकुन्द कलेजका विध्यार्थी हरुका माझ लागू
अौषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम आयाेजना हुने बुटवल लेडि जेसिजकि अध्यक्ष अनुपमा श्रेष्ठले जानकारी दिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology