Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : भरोसाको मियो 

कविता : भरोसाको मियो 

images
  • कविता : भरोसाको मियो 
    images
    images

    कविता : भरोसाको मियो 

    images
    images
    images

    धुवाँ र धुलोले वायुमण्डल ढाकिएको छ
    आगोका लप्काले वनजंगल रापिएको छ
    सुर्यले ज्योति छर्न नपाएको तीन दिन भयो
    चराचुरुङ्गीले बासस्थान गुमाएको महिनौं भयो।

    images
    images
    images

    महोदय,
    अरुले देखे भन्दा पर
    कसैले महशुस नगरेको
    मेरो मनको सानो शहर अन्धकार छ 
    बगालसंग छुट्टिएको बर्षौं भयो 
    तातो र चिसोको अनुभुति बिना नै
    बचेराले चारा निले जसरी 
    निल्दैछु पिडाहरुलाई 
    भतभती पोलेर
    भित्र भित्रै जल्दैछ मुटु
    दिनहुुँ फुट्छन आँशुका फोहोराहरु
    छुट्छन आँखाबाट 
    निल्छु घुटुघुटु
    अनि
    ङिच्च हाँसेर देखाईदिन्छु दुनियाँलाई खुशीहरु ।

    images
    images
    images

    पसिना बेचेर धान किने
    रगत बेचेर शान किने
    आँसु बेचेर मान किने
    मिहेनत बेचेर सम्मान किने ।
    महोदय 
    स्वार्थी संसारमा टिकेन
    कौडिको भाउमा
    मेरो इज्जतहरु बिकेन ।

    थाहा छ महोदय ?
    बर्षौ भयो मैले मुस्कुराउन छाडेको
    महिनौं भयो मैले बोल्न छाडेको 
    कस्का लागि के बोल्नु ?
    अभावले कंगाल भएपछि 
    सड्दैछन मेरा बिचारहरु
    गल्दैछन मेरा भावनाहरु
    ढल्दैछन मेरा रहरहरु 
    निभ्दैछन मेरा सपनाहरू ।

    एकचिम्टी खुशी 
    एकपसर हाँसो
    एक फ्वाँक बोली र
    एक झिल्को आगो
    कसैले पैंचो दिनुस  है मलाई ।
    महोदय 
    सल्काउनु छ आशाको दियो
    डढाउनु छ निराशा
    अनि
    ठड्याउनु छ भरोसाको मियो ।

    ✍️ रामचन्द्र तिम्सिना  (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।