रमेश बहादुर सिंह, बझाङ । बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्।
उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन्।
मृतक बालिकाको भने नाम खुलेको छैन। गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएको वडाध्यक्ष सिंहले बताए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology