Logo

२०८३, कार्तिक २७गते


images
images

कागती खेती बन्यो जीवनयापनको माध्यम

कागती खेती बन्यो जीवनयापनको माध्यम

images
  • सेतोमसी सहकर्मी
  • कागती खेती बन्यो जीवनयापनको माध्यम
    images

    कृष्ण अन्जान, गुल्मी । अवसरकाे खाेजिमा विदेशतिर लागेका रुरुक्षेत्र १ रिडीबजारका हरी न्यौपाने आफ्नै जन्मथलाे फर्केर यतिबेला परिश्रमका पाखुरा बजार्दैछन । रिडीबजारको ठाडाखाेला नजिकै उनकाे बारीमा लगाएका कागतीले यसरी उत्पादन दिन थालेका छन कि उनको जीवनयापनकाे माध्यम नै कागती बनेकाे छ ।

    images
    images
    images

    त्यसाे त उनकाे रिडीबजारकाे बगैँचा क्षेत्रमा पुजा सामाग्री भण्डार पनि छ, जुन रुरुधामकै पहिलो पुजा सामाग्री भण्डार हाे । दुई वर्षअघि शुरु गरेकाे याे पुजा सामाग्री भण्डारकाे व्यवस्थापन उनकी जीवन संगिनी मिना पाण्डेले सम्हाल्दै आएकी छन् । रुरुधाममा चारै चौरासबाट झर्ने भक्तजन, दाहसंस्कारका लागि आउनेहरु र पुजापाठ, धार्मिक अनुष्ठानमा चाहिने जति पुजाका सबै सामाग्री एकमुष्ट पाईने हरि न्यौपाने पुजा सामाग्री भण्डार हाे ।

    images
    images
    images

    हरि न्यौपाने करिब साेह्र वर्ष वैदेशिक राेजगारीकाे सिलसिलामा दुवई बसेर फर्किएपछि कागती खेतीकाे शुरुवात गरेभने २ बर्ष अघिबाट पुजा सामाग्री भण्डार तिर पनि हात हालेका हुन ।
    "विदेशबाट फर्केपछि के गर्दा ठिक हाेला भन्ने साेंचेँ । बारि खालि थियाे । याे क्षेत्रमा कागतीकाे व्यवसायीक खेती सम्भव थियाे र बारीमा तीन सय बाेट कागती लगाएँ । यतिबेला मज्जाले फल्न थालेका छन र उत्पादन भएका कागती बुटवल बजार तिर बिक्री हुन्छ भने घरसँगै जाेडिएकाे  पैँचाे पसल छ त्यहाँ पनि बिक्री हुने गरेकाे छ ।" न्यौपाने भने ।

    images
    images

    "बारिमा कागति खेती त छँदै थियाे रिडीबजारमा पुजा सामाग्री भण्डार थिएन । श्रीमान कागती खेती तर्फ लाग्दै गर्दा वहाँकै सल्लाह बमोजिम पुजा सामाग्री पसल पनि सन्चालनमा ल्याएका हौँ," मिना पाण्डे न्यौपानेले भनिन् ।

    हुनत हरि न्यौलानेका पिता दधिराम न्यौपानेले पनि धेरै पहिले देखि रिडीबजारमा हाेमियाेपैथिओैषधिकाे पसल सन्चालन गर्छन, जुन अहिले पनि छ । 

    रिडीबजारलाई लामाे समय कर्मथलाे बनाएकाे न्यौपाने परिवारलाई रिडीकाे माया हुरुक्कै छ ।

    "यहीँ जन्मीयाे संगी साथि यहिँ, भएकाे जाय ज्येथा यहिँ छ रिडीछाडेर अन्त जानै मन लाग्दैन" हरि न्यौपानेले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।