कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा बसेको पालिका प्रमुखहरूको बसेको बैठकले कपिलवस्तुमा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णयहरू गरेको छ l
कपिलवस्तु जिल्लाको विद्यमान छाडा चौपायाको समस्या समाधान गर्न बुद्धभुमी नगरपालिका वडा नं ९ गब्दहवामा १०० हेक्टर क्षेत्रफल जग्गालाई छाडा चौपाया प्रयोजनार्थ सम्बंधित डिभिजन वन कार्यालयसंग समन्वय गरी तारबार लगाई संरक्षण गर्ने, प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज/ भोगाधिकार प्राप्तिका लागि सम्बंधित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने, प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरूले रकम व्यवस्थापन गरी बुद्धभुमी नगरपालिका संग सहकार्य गर्ने जस्ता निर्णय गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउदै अब छाडा चौपायाको व्यवस्थापन छिट्टै हुने विश्वास समेत व्यक्त गरे l
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology