Logo

२०८३, कार्तिक २७गते


images
images

कपिलवस्तुको सुरही खोलामा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाद्धारा डिस्पोज

कपिलवस्तुको सुरही खोलामा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाद्धारा डिस्पोज

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुको सुरही खोलामा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाद्धारा डिस्पोज
    images

    पिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरही खोलामा विस्फोट पदार्थ फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको उक्त वस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ । 

    images
    images
    images

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहिबेर अवरुद्ध गरी उक्त बस्तु डिस्पोज गरिएको थियो ।

    images
    images
    images

    गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने बस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । 

    images
    images

    ठुलो आवाजमा डस्पोज भएको उक्त बस्तु फेला परेर ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताए ।

    शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेंमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले जानकारी दिए । 

    तत्कालीन द्धन्दकालमा उक्त बस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान गरिएको छ । शिवराज नगरपालिका वडा ९ का अध्यक्ष राम गोपाल थारु सहितको टोलीले उक्त स्थानमा पुगेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।