रुकुम पश्चिम । रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । त्रिवेणी गाउँपालिका-२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएकाे हो ।
वर्षाका कारण आएको पहिराेले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएकाे हाे ।
स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएकाे तर करिश्माको बाटोमै बच्चा जन्मिएको उनकी सासुआमा कौशिला पुनले जानकारी दिईन ।
करिश्मालाई हिजाे बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो ।
‘गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियाे,’ कौशिलाले भनिन्, ‘करिश्माकाे निरन्तर रगत बगिरहेको छ ।’
स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पुर्याउन मुश्किल भएको उनले बताएकी छन् ।
रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएकाे छ । याे सडकखण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भाेगिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology