Logo

२०८३, आश्विन १०गते


images
images

प्रवासी नेपालीलाई राप्रपाको आग्रह– चुनावमा भोट हाल्न आउनुस्

प्रवासी नेपालीलाई राप्रपाको आग्रह– चुनावमा भोट हाल्न आउनुस्

images
  • प्रवासी नेपालीलाई राप्रपाको आग्रह– चुनावमा भोट हाल्न आउनुस्
    images
    images

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनावको बेला भोट हाल्न नेपाल आउन आग्रह गरेका हुन् ।

    images
    images
    images

    मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै लिङ्देनले चुनावको बेला नेपाल आउन आग्रह गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  ‘अहिले नै नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस् भनेर अध्यक्षज्यूले प्रवासी नेपालीहरुलाई भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने ।

    images
    images
    images

    सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन  गर्ने निर्णय गरिसकेको छ ।
    प्रवासले राप्रपाप्रति भरोसा गरेको भन्दै अध्यक्ष लिङ्देनले उक्त भरोसालाई भोटमा रुपान्तरण गर्नुपर्ने बताएका थिए । जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको जिकीरसमेत उनले गरे ।

    राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री विजय खड्का, पानस आईसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आईसीसीका पदाधिकारी तथा सल्लाहकारहरु, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो ।

    प्रवासमा रहेको पार्टीको संगठनलाई चलायमान र परिणाममुखी बनाउन भर्चुअल बैठक फलदायी भएको विभागकी सदस्य सचिव सन्तोषी शाही ठकुरीले बताएकी छिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।