Logo

२०८३, आश्विन ९गते


images
images

एभरेष्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम

एभरेष्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम

images
  • एभरेष्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम
    images
    images

    बुटवल । बुटवल सख्खानगरमा रहेको एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि शैक्षिक अभिमुखिकरण तथा स्वागत कार्यक्रम गरेको छ । विद्यालयले शनिबार कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक सिकाई, अभ्यास, नेतृत्व विकास र अध्ययन क्षमतावृद्धिका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो । 

    images
    images
    images

    वरिष्ठ उत्प्रेरक डा. ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजिकरण गरेका थिए ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कक्षा ११ का नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रमको उद्घाटन गर्दै लुम्विनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरेले शिक्षक सिकाईमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहेको बताए । विद्यार्थीको अध्ययन तथा सिकाईका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गर्दै निर्देशक गैरेले प्राप्ताङ्कका आधारमा विषय छनोट तथा अध्ययन गर्नु भन्दापनि लगन र मेहनत गरे जस्ता सुकै उपलब्धीहरु हात पार्न सकिनेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा हिसान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकप्रसाद कण्डेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, अभिभावक गोपाल अधिकारी, विद्यार्थी आशिष आचार्य, स्नेहा गौतम लगायतले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनु भएको थियो । received_1190677938447854.jpeg

    images
    images
    images

    कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकाय अध्ययन गर्ने ४ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले बताए । 

    सो अवसरमा कक्षा ११ र १२ मा अध्यापन गराउने अध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आआफ्ना साँस्कृतिक प्रस्तुतीहरु पनि देखाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।