Logo

२०८३, आश्विन ९गते


images
images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

images
  • घट्यो सुनचाँदीको मूल्य
    images
    images

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो ।

    images
    images
    images

    हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको थियो । मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ थियो ।
    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।