Logo

२०८३, आश्विन १२गते


images
images

अर्घाखाँचीबाट पोखरा झरेका दिदिबहिनीको तीज मिलन कार्यक्रम

अर्घाखाँचीबाट पोखरा झरेका दिदिबहिनीको तीज मिलन कार्यक्रम

images
  • अर्घाखाँचीबाट पोखरा झरेका दिदिबहिनीको तीज मिलन कार्यक्रम
    images
    images

    राजेश पराजुली, पाेखरा । अर्घाखाँची स्थाई घर भई गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलोको रुपमा विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलशिलामा वसोवास गर्ने अर्घाखाँचीवासीहरुको अर्घाखाँची पोखरा सम्पर्क समाजले हिन्दु नारीहरुको हरितालिका (तिज) को अवसरमा दर खाने तथा रमाईलो तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ्गको प्रमुख आतिथ्यतामा मालेपाटन स्थित मनकामना मन्दिर परिसरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख मञ्जुदेवी गुरुङ्गले विधी र निधीभित्र रहेर अगाडी बढेमा अर्घाखाँची समाज पोखराको भवन निर्माणमा होस वा अन्य जस्तो सुकै सहयोग चाहिएमा आफु तयार भएको बताईन । 

    images
    images
    images


    समाजका निवर्तमान अध्यक्ष लिला जिसीले अर्घाखाँची पोखरा सम्पर्क समाज विगत लामो समय देखि पोखरामा स्थापित भइ विभिन्न सामाजिक कार्य गर्दै आएको तर समाजको एउटा भवन नहुँदा विभिन्न आफ्नै कार्यक्रम गर्दा समेत असजिलो भएका कारण भवन निर्माणमा पोखरा महानगरपालिको समेत सहयोग आवश्यकता भएको बताएका थिए ।

    कार्यक्रममा समाजका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डे, अध्यक्ष चेतनारायण पाण्डे कार्यक्रम संयोजक गोमा आचार्य, महासचिव बाबुलाल पाण्डे लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।