काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।
६ हजार ६४३ जनामा गरिएको परीक्षणका ४०५ जना पीसीआर र २५३ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, ४ सय ५६ जना सोमबार संक्रमणमुक्त भएका छन् ।
संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख ४२ सय ९६ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology