Logo

२०८३, आश्विन ९गते


images
images

अलमलियो माधव समूह, महत्तो र ठाकुर समुहलाई ७ मन्त्रालय दिएर ओलि पुनः प्रधानमन्त्री बन्ने

अलमलियो माधव समूह, महत्तो र ठाकुर समुहलाई ७ मन्त्रालय दिएर ओलि पुनः प्रधानमन्त्री बन्ने

images
  • अलमलियो माधव समूह, महत्तो र ठाकुर समुहलाई ७ मन्त्रालय दिएर ओलि पुनः प्रधानमन्त्री बन्ने
    images
    images

     रामचन्द्र तिम्सिना, काठमाडौ । दिउसो ४ वजेसम्म आफ्नो माग पुरा नभए राजिनामा दिने सर्त राखेका माधव नेपाल पक्ष अलमलिएको छ भने राजिनामाको पत्र खल्तीमा राखेर अध्यक्ष ओलीसंग वार्तामा बसेका माधव कुमार नेपाल ३/४ दिन सम्म राजीनामा नदिने भन्दै बाहिरिएका छन् ।

    images
    images
    images

    उता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुरेर बस्ने भएका छन् । राति ९ बजेसम्म देउवाको टोली नआएमा केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवासको तयारी छ ।

    images
    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन गर्न गरेको आह्वान आज सकिँदैछ । कांग्रेस माओवादीसहितको गठबन्धनले बहुमत पुर्याउन नसकेपछि पुनः संविधानको धारा ७६ (३) अनुसार सवैभन्दा ठूलो दलको नेताको हैसियतामा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीद्वारा पुनः प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । 

    images
    images
    images

    प्रधानमन्त्रीको सपथको तयारीसँगै जसपाका महन्थ ठाकुर र राजेन्द्र महत्तो समूहका ७ जना मन्त्री बन्ने लगभग पक्का भएका छन् । बुधवार बालुवाटारमा भएको सहमतिअनुसार नयाँ सरकारमा ओलीले जसपाका ७ जनालाई मन्त्री बनाउने तय भएको उच्च स्रोतको दाबी छ । जसपालाई कुन कुन मन्त्रालय र को को हुने भन्ने निर्क्यौल हुन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।