रमेश बहादुर सिंह बझाङ । राष्ट्रिय बिभुती तथा मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा जिल्लाका बिभिन्न ठाउँहरुमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि मनाईएको छ । बिभुती सिहंको सम्झनामा जिल्लाका बिभिन्न ठाउँहरुमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि मनाएको हो ।
जिल्लाको पुरानो सत्यबादी माध्यमिक विद्यालयले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि भब्य रुपमा जयपृथ्बी जन्म जयन्ती मनाएको छ ।
विद्यालयले हाजिरजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, हिसाव दौड प्रतियोगिता लगाएका बिभिन्न कार्यक्रम गरि सप्ताहब्यापी रुपमा कार्यक्रम गरि मनाएको सत्यबादी माबिका प्रधानाध्यापक रामदत्त उपाध्यायले बताए । उनले भन्नुभयो “मानवताबादी राजा जयपृथ्बीले यस बिद्यालयको समेत स्थापना गर्नु भएकाले उहाँका बिचारहरु बिद्यार्थीहरुमा प्रवाह गर्ने उद्देश्यले हरेक बर्ष जन्म जयन्ती मनाउँदै आएका छौँ ।
त्यस्तै जिल्लाको जयपृथ्बी बहुमुखी क्याम्पसले समेत एक जुम समारोहको आयोजना गरि जयपृथ्बी बहादुर सिंहले गरेका काम र लुकेका तथ्यहरु उजागर गर्ने उदेश्यले बिभिन्न प्राध्यापकहरुलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाएको छ ।
क्याम्पसले जयपुथ्बी बहादुर सिंहका बारेमा जानकार बिभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई जुम मिटिङ मार्फत एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।
त्यस्तै सरमुकाम चैनपुरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले प्रभातफेरि तथा मानवताबाद, जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गेष्ठी तथा पत्रकार सम्मान कार्यक्रमको आयोजना गरि मनाएको छ ।
गोरखापत्र दैनिका संस्थापक समेत रहेका राजा जयपृथ्बीले नेपाली पत्रकारिताको विकासका लागी समेत योगदान दिएको भन्दै बझाङ शाखाले हरेक बर्ष मानवता, सुशासन र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई पुरस्कारका साथै बिचार गोष्ठीको समेत आयोजना गर्दै आएको छ ।
जिल्लाको छबिसपाथीभेरा गाउँपालिकामा समेत बिभिन्न कार्यक्रम गरि जयपृथ्बी जन्म जयन्ती मनाएको छ । गाउँपालिकाको सत्यबादी माद्यामिक बिद्यालय , छाबिस पाथीभेरा गाउँपालिकाले समेत बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology