सुरज श्रेष्ठ, विरगंज । ठोरी ४ को निर्मलबस्ती नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ठोरी ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका बिरगंज महानगरपालिका वडा नं. ९ का कर्मचारी जगत दीप बिष्टको हुलाकी सडक आइनपुग्नै (हुलाकी सडक भन्दा करीब २०० मिटर उत्तर) कच्ची बाटोमा आज अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै मृत्युु भएको इप्रका ठोरीले जनाएको छ ।
मोटरसाइकलका एकजना मात्र सवार रहेको र अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको छ ।
घटनाबारे मृतकका परिवारलाई खबर गरि सकेको र बिरगंजबाट शबबाहन मगाएर मृतकको शव बिरगंज लैजाने तयारी भइरहेको प्रहरीको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology