Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह नगरपालिका: कर्मचारी प्रोत्साहन भत्तामा झन्डै ५० प्रतिशत कटौती

देवदह नगरपालिका: कर्मचारी प्रोत्साहन भत्तामा झन्डै ५० प्रतिशत कटौती

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिका: कर्मचारी प्रोत्साहन भत्तामा झन्डै ५० प्रतिशत कटौती
    फाइल फोटो
    images

    पुर्ण पौडेल, देवदह । देवदह नगरपालिकाले कर्मचारीको प्रोत्साहन भत्तामा कटौती गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका १३१ औं बैठकले यसअघि कर्मचारीलाई दिंदै आएको प्रोत्साहन भत्तामा लगभग ५० प्रतिशत कटौती गरेको हो । 

    images
    images
    images

    यस अघि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता लिदै आएका नगरपालिकाका कर्मचारीलाई अब मुल्यांकनका आधारमा २० देखि २५ प्रतिशत मात्रै प्रोत्साहन भत्ता दिने निर्णय भएको नगर प्रवक्ता गणेश डुम्रेले बताए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुअघि जनप्रतिनिधिको काम समेत कर्मचारीले गर्नुपरेको तत्कालीन अवस्थामा कर्मचारीलाई कामका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको भएपनि त्यसपश्चात जनप्रतिनिधिले कडाई गर्न नसक्दा कर्मचारीले सो भत्ता लिंदै आएका थिए ।

    images
    images
    images

    कार्यपालिका बैठकले देवदह ९ को कालिकाटोलमा लालपुर्जा वितरणको सम्पुर्ण प्रक्रिया पूरा भएकोले राजश्व संकलन भएका अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि राष्ट्रिय भुमी आयोग रुपन्देहीलाई सिफारिस गर्ने निर्णय गरेको पत्रकार भेटघाटमा प्रवक्ता डुम्रेले बताएका छन् ।

    images
    images

    त्यसैगरी देवदह नगरपालिकाको नगर गीत र लोगो निर्माणका लागि नगरप्रवक्ता गणेश डुम्रेको संयोजकत्वमा समिति गठन गरिएको बताईएको छ । जसको सह-संयोजकमा दीपक नेपाल र सदस्यहरूमा लक्ष्मी विक, निर्मल ढुंगाना, हिरामणी शर्मा, सुशील सापकोटा र यज्ञ न्यौपाने रहेका छन् । उक्त समितिले ६० दिनभित्र आफ्नो काम सम्पन्न गर्नेछ ।

    साथै नगरपालिकाले बजार अनुगमनको लागि वडा नं. ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा  बजार अनुगमन समिती गठन र देवदह क्षेत्रमा रहेका अटो रिक्सा संचालन तथा व्यवस्थापनका लागि समेत समिति गठन गरेको छ । जसको संयोजकमा दमननाथ रेग्मी र सदस्यहरूमा गीता भण्डारी, कुमार दमाई र केशव राज राना रहेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।