Logo

२०८३, आश्विन १२गते


images
images

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती

images
  • आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती
    images
    images

    काठमाडौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन् । 

    images
    images
    images

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको बताइन्छ । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।

    images
    images
    images

    आज नै बाबको मुख हेर्ने दिन पनि । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । बाबा हुनेहरुले प्रत्येक्ष, फोन म्यासेज बाट सम्मान प्रकट गर्छन भने नहुनेहरुले सम्झिएर श्रद्धा प्रकट गर्ने गर्छन । आजकै दिन दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर पितृ खुसी पार्ने भन्ने चलन छ । आजकै दिन विभिन्न पितृ तिर्थहरुमा मेला पनि लाग्ने गर्दछ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

    images
    images
    images

    नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

    श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।