Logo

२०८३, आश्विन १०गते


images
images

गठबन्धनले देशलाई दुर्घटनामा जानबाट बचाउँछ : प्रचण्ड

गठबन्धनले देशलाई दुर्घटनामा जानबाट बचाउँछ : प्रचण्ड

images
  • गठबन्धनले देशलाई दुर्घटनामा जानबाट बचाउँछ : प्रचण्ड
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा हालका सत्तारुढ दलबीच बलियो गठबन्धन हुने र उक्त गठबन्धनले देशलाई दुर्घटनामा जानबाट बचाउँने बताएका छन् ।

    images
    images
    images

    पार्टी प्रशिक्षण कार्यक्रममा शनिबार बुटवल आएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने उनको भनाइ छ । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए ।

    images
    images
    images

    डा.बाबुराम भट्टराई, वामदेव गौतम लगायतका नेताहरुले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न तयार हुनुले राम्रो संकेत गरेको उल्लेख गर्दै प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए । 

    सो क्रममा एकीकृत समाजवादीसँग केही दिनमै चुनाव संयोजन समिति बनाएर अघि बढ्ने तयारी भएको पनि प्रचण्डले बताएका थिए ।   

    प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन,  प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतले बोलेका थिए । उनीहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।