Logo

२०८३, आश्विन ९गते


images
images

पृथ्वीनारायण क्याम्पस अघोषित विश्वविद्यालय : प्रमुख आचार्य

पृथ्वीनारायण क्याम्पस अघोषित विश्वविद्यालय : प्रमुख आचार्य

images
  • पृथ्वीनारायण क्याम्पस अघोषित विश्वविद्यालय : प्रमुख आचार्य
    images
    images

    राजेश पराजुली, पोखरा । पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रयत्न जारी रहेको क्याम्पस प्रशासनले जनाएको छ । आवश्यक पर्याप्त पूर्वाधार तथा जनशक्ति भए पनि क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने विगत ३७ वर्षदेखिको प्रयासले मूर्त रूप लिन नसकेको क्याम्पस प्रमुख प्रा.डा सरोज कोइरालाले बताए ।

    images
    images
    images

    क्याम्पसको पूर्व स्ववियु सभापति समेत रहनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटघाटमा क्याम्पस प्रमुख कोइरालाले विश्वविद्यालयमा रूपान्तरण हुने क्याम्पसको ३७ वर्ष लामो सङ्घर्षलाई मूर्त रूप दिने कार्यमा आवश्यक पहल गरिदिन समेत आग्रह गरे ।
     
    ‘गुणस्तरीय उच्च शिक्षाको सुलभता, विश्वविद्यालय निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने मूल मान्यताका साथ प्राज्ञिक उन्नयन प्रति क्याम्पस परिवार प्रतिबद्ध छ, कोइरालाले भने पश्चिमाञ्चलको प्रमुख शैक्षिक केन्द्र यो क्याम्पस विश्वविद्यालयमा रूपान्तरण हुन विगत ३७ वर्ष देखी प्रयासरत भए ता पनि यसले मूर्त रूप लिन सकिरहेको छैन ।’ 

    images
    images
    images

    यसै क्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले आवश्यकताको पहिचान गरी क्याम्पसको विरासतलाई जोगाउनु पर्ने बताए। ‘अहिले पनि पृथ्वीनारायण क्याम्पस मौजुदा अरू विश्वविद्यालय जत्ति कै छ,  हामी मास्टर र पी.एच.डी लेबलमा काम गर्ने अवस्थामा छौँ, ग्र्याजुएसन र पोस्ट ग्र्याजुएसनको ठुलो सङ्ख्या हामीसँगै छ, आचार्यले भने हामीसँग सम्बोधन प्राप्त कलेज मात्र नभएको न हो ।’ प्रशस्त जनशक्ति पनि भएको यो क्याम्पस आफैमा अघोषित विश्वविद्यालयको रूपमा रहेको आचार्यले बताए ।

    images
    images
    images

     क्याम्पसलाई विश्वविद्यालय घोषणाका लागि यस क्षेत्रमा रहेका अन्य विश्वविद्यालयहरूले सञ्चालन गरिरहेका कार्यक्रमहरू भन्दा भिन्न प्राथमिकताको क्षेत्र माथि छलफल आवश्यक रहेको उनले  सुझाए । 

    निकै लामो शैक्षिक इतिहास बोकेको क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने हरेक पहल तथा प्रयत्नहरूमा आफू साथमा रहेको विश्वास समेत प्रमुख आचार्यले दिलाए

    २०१७ सालमा २ जना शिक्षक र १३ जना विद्यार्थीबाट सुरु गरिएको पृथ्वीनारायण क्याम्पसमा हाल ५०० बढी प्राध्यापक, १०० कर्मचारी र देशभरका १५ हजार बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । मानव सभ्यताको संवर्धन अपरिहार्य शैक्षिक समृद्धि सबैको सत्प्रयासले मात्र सम्भव हुने क्याम्पस प्रशासनले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।