रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्वीनगरपालिका–१ कैलाश र –२ मोतोलिमा रहेका विपन्न, एकल, द्वन्द प्रभावित महिला तथा असाहाय बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले सो आर्थिक सहयोग प्रदान गरेको हो ।
जयपूथ्बी नगरपालिका वडा नम्बर १ र २ मा रहेका विपन्न एकल महिला र बालबालिकाहरुलाई दिगो जिवीकोपार्जन तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री खरिद गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।
उक्त वडाका अध्यक्ष, र बास नेपालका जिल्ला अध्यक्ष सचिव र स्थानीयहरुको सभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology