Logo

२०८३, आश्विन १२गते


images
images

हरैयामा पहिलोपटक लाखेनाच प्रदर्शन

हरैयामा पहिलोपटक लाखेनाच प्रदर्शन

images
  • सेतोमसी सहकर्मी
  • हरैयामा पहिलोपटक लाखेनाच प्रदर्शन
    images
    images

    विनोद खनाल, कन्चन । हरितालिका (तीज) को अवसरमा मंगलबार नेवा: देय् दबो कञ्चन गाउँपालिकाको आयोजनामा हरैयामा लाखे नाच प्रदर्शन भएको छ। नेवार समुदायले आफ्नो मौलिक संस्कृतिको रुपमा मनाउँदै आएको लाखेनाच पहिलो पटक तीजको अवसरमा हरैयामा आयोजना गरिएको समाजका कन्चन अध्यक्ष बिष्णुनारायण श्रेष्ठले बताए ।

    images
    images
    images

    मल्ल कालिन राज्यमा काठमान्डौ उपत्यकामा तान्त्रिक शक्तिले खराब गुण निकालेर असल गुणलाई राख्न घैंटो भरियो । यसोगर्दा समाजमा झनै खतरा उत्पन्न हुने भन्दै पुन: तान्त्रिक बिधिले दुबै असलखराब  गुण मिश्रित लाखेको रुपमा विकास गरी खेल खेल्न अनुमति दिई जंगलकिनारमा बस्न र गाँउमा मानवलाई सास्ती नदिने र विभिन्न अवसरमा खेल खेल्न लाखे निस्किने भनि परम्पराको सुरुवात गरिएको श्रेष्ठले बताए। 

    images
    images
    images

    लाखे नाच नागपञ्चमिदेखि गर्दै ऋषी पन्चमीसम्म गरेर बिसर्जन गर्ने चलन छ रहेको उनको भनाइ छ ।
     
    विगतमका बर्षहरुमा हरैया माध्यामिक विद्यालयको समन्वयमा लालीगुराँस युवा क्लव र केही बर्षयता हरैया बजार ब्यबस्थापन समितिले बिबिध खेलकुद तथा संस्कृतिक कार्यक्रम गर्ने गरेको हरैयामा कोभिड महामारिपछिका तीनबर्ष भने कार्यक्रम भएका थिएनन्। 

    images
    images
    images

    हरैया बजार ब्यबस्थापन समितिका सचिव  शिव भट्टराई यसपटक पटकपटक छलफल भएपनि बिबिध कारणले कार्यक्रम  गर्न नसकिएको तर लाखे नाच राखेर यसक्षेत्रका जनतालाई निरास हुन नदिईएको बताउँछन् ।

    यसो त बजारका केहिचोकमा  भने महिला दिदिबहिनिहरु जम्मा भई तिजीगित प्रस्तुति गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाखेनाच प्रदर्शन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।